close

विद्युतीय सवारीलाई प्रोत्साहन गर्दै मधेश प्रदेश

टेकपाना टेकपाना

असार १, २०७९ २०:४७

विद्युतीय सवारीलाई प्रोत्साहन गर्दै मधेश प्रदेश

काठमाडौं । मधेश प्रदेशले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ ।

बुधबार मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै विद्युतीय सवारीको हकमा नयाँ दररेट कायम गरिने बताए ।

मन्त्री साहले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई क्रमश: कम गर्दै विद्युतीय सवारीलाई प्रोत्साहन गरिने नीति लिएको उल्लेख गरे ।

त्यसका लागि प्रदेश सरकारले विद्युतीय सवारीका लागि छुट्टै करको दररेट निर्धारण गरेको उनकाे भनाइ छ । साथै यातायात व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन प्रविधिको उच्चतम् प्रयोग गरिने समेत बजेटमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३