close

सुदूरपश्चिमका सबै अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गरिने 

टेकपाना टेकपाना

असार १, २०७९ २०:४०

सुदूरपश्चिमका सबै अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गरिने 

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सबै अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइने भएको छ ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार स्थानीय तहको साझेदारीमा प्राथमिक स्वास्थ्य केन्द्रमा समेत टेलिमेडिसिन सेवा विस्तार गरिनेछ । यसका लागि ४५ लाख रुपैयाँ छुट्याइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३