close

कर्णालीमा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने 

टेकपाना टेकपाना

असार १, २०७९ २०:५२

कर्णालीमा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने 

काठमाडौं । कर्णाली प्रदेशमा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।

साइबर अपराध लगायतका कानूनी व्यवस्थाको सम्बन्धमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

यस्तै सूचना प्रविधि सम्बन्धमा शिक्षण संस्थाका शिक्षक र विद्यार्थीसँग अन्तरक्रिया र क्षमता विकास तालिमहरू सञ्चालन गर्ने व्यवस्था समेत मिलाइएको छ ।

यसैगरी ‘समृद्ध कर्णालीको आधारः सूचना तथा सञ्चार प्रविधिको विस्तार’ अभियान अन्तर्गत विद्युतीय शासन गुरुयोजना तयार गरी कार्यान्वयन गरिने प्रदेशका आर्थिक मामिलामन्त्री विन्दमान विष्टले बताए ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३