close

लुम्बिनी प्रदेशका सबै सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट

टेकपाना टेकपाना

असार १, २०७९ २१:१

लुम्बिनी प्रदेशका सबै सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट

काठमाडौं । लुम्बिनी प्रदेशका सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध हुने भएको छ ।

बुधबार प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत सबै सार्वजनिक स्थानमा इन्टरनेट उपलब्ध गराउने घाेषणा गरेका हुन ।

मन्त्री खड्काले अस्पताल, बसपार्क, रिफ्रेस सेन्टर, धार्मिक स्थल लगायतका मानिसहरुको भेला हुने सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट (वाईफाई) सेवाको विस्तार गर्न आवश्यक बजेत छुट्याएको बताएका छन् ।

यसका साथै राजगारदाताका लागि जनशक्तिको आवश्यकता र बेरोजगारहरुलाई रोजगारीको आवश्यकताबीचको सम्पर्क प्लेटफर्मको रुपमा मोबाइल एप तयार गरी सञ्चालनमा ल्याउने समेत बजेटमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३