close

सुदूरपश्चिममा समेत प्रदेश प्राविधिक विश्वविद्यालय खोलिने 

टेकपाना टेकपाना

असार १, २०७९ २१:४

सुदूरपश्चिममा समेत प्रदेश प्राविधिक विश्वविद्यालय खोलिने 

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत प्रदेश सरकारले यस्तो कार्यक्रम अगाडि सारेको हो ।

प्रदेश अर्थमन्त्री प्रकाश रावलले कानूनी तथा संरचनात्मक व्यवस्था गरी प्रदेश प्राविधिक विश्वविद्यालय सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरिएको बताए ।

यसका साथै प्रदेशभित्रका सामुदायिक क्याम्पस तथा विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला विस्तार गर्न समेत बजेट छुट्याइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३