close

अब सुदूरपश्चिमका राजमार्गमा सीसीटिभी क्यामेरा र ट्राफिक लाइट 

टेकपाना टेकपाना

असार १, २०७९ २१:१५

अब सुदूरपश्चिमका राजमार्गमा सीसीटिभी क्यामेरा र ट्राफिक लाइट 

काठमाडौं । सुदूरपश्चिममा प्रमुख राजमार्गहरूमा सीसीटिभी क्यामेराका साथै ट्राफिक लाइट जडान गरिने भएको छ ।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बुधबार प्रस्तुत गरेको बजेट कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो ।

उनका अनुसार शान्ति सुरक्षा, अपराध अनुसन्धान, सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि यस किसिमको व्यवस्था गर्न लागिएको हो । त्यसका लागि चार करोड ५० लाख रुपैयाँ छुट्याइएको मन्त्री रावलले बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३