close

फ्रिक्वेन्सी अनुमति लिएरै भी-स्याट टर्मिनल प्रयोग गरिरहेका छौं: नेपाल टेलिकम

टेकपाना टेकपाना

असार २, २०७९ १३:५६

फ्रिक्वेन्सी अनुमति लिएरै भी-स्याट टर्मिनल प्रयोग गरिरहेका छौं: नेपाल टेलिकम

काठमाडाैं । नेपाल टेलिकमले फ्रिक्वेन्सी अनुमति लिएर नै देशका विभिन्न ठाउँमा दूरसञ्चार सेवाको पहुँच पुर्‍याउन भी-स्याट टर्मिनल प्रयाेग गरिरहेकाे प्रस्टीकरण दिएकाे छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनुगमनको क्रममा टेलिकमले १०५ ओटा भी-स्याट टर्मिनलहरूको अपलिंक/डाउनलिंक फ्रिक्वेन्सी स्वीकृत नलिई प्रयोगमा ल्याएको भन्दै चेतावनी दिएको थियो ।

टेलिकमले भने अढाई दशकदेखि विभिन्न स्याटलाइट फ्रिक्वेन्सी ब्याण्ड अनुमति लिई सेवा सञ्चालन गर्दे आएको प्रस्टीकरण दिएकाे छ ।

‘प्रविधिको विकाससँगै प्रयोगमा आएको केयू ब्याण्डमा टेलिकमले करिब एक दशकदेखि भी-स्याट टर्मिनल र सिस्टमहरु नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृति लिई केयू ब्याण्डमा प्रयोग हुने उपकरणहरु आपूर्ति गरी सेवा सञ्चालन गर्दै आएका छाैं,’ नेपाल टेलिकमकी प्रमुख व्यवसाय अधिकृत संगीता पहाडीले भनिन् ।

उनले अगाडि भनिन्, ‘विगतमा भी-स्याट सेवा सञ्चालनवापत फ्रिक्वेन्सीमा आधारित दस्तुर बुझाउने व्यवस्था अनुसार यस कम्पनीबाट सञ्चालन गरिएको भीस्याट टर्मिनलरुको सम्पूर्ण फ्रिक्वेन्सी विवरण दूरसञ्चार प्राधिकरणमा उपलब्ध गराई सोही बमोजिम निर्धारण हुने दस्तुर भुक्तानी गरी आएकोमा फ्रिक्वेन्सी नीति २०६९ मा गरिएको नयाँ व्यवस्था पश्चात् सोही अनुरुप टर्मिनलको संख्याको आधारमा कम्पनीले दस्तुर भुक्तानी गर्दै आएको छ ।’

विगत तथा हाल सञ्चालनमा रहेका भी-स्याट टर्मिनलहरु सधैं अनुमति लिइएको ब्याण्डमा नै सञ्चालनमा रहेको उनकाे भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३