close

बिजुली गाडी चार्ज गर्न ३१ घण्टासम्म कुर्नुपर्ने !

टेकपाना टेकपाना

असार ३, २०७९ १२:५१

बिजुली गाडी चार्ज गर्न ३१ घण्टासम्म कुर्नुपर्ने !

काठमाडौं । नयाँ अध्ययनले बेलायतमा विद्युतीय गाडी चार्ज गर्न चालकले डेढ दिनसम्म कुर्नुपर्ने देखाएको छ । अटो क्षेत्रमा काम गर्दै आएको संस्था कार लिज स्पेसल अफरले सहरमा उपलब्ध विद्युतीय कारको सङ्ख्या र चार्जिङ स्टेसनको आधारमा यो तथ्य सार्वजनिक हो ।

बेलायतका ३० सहरमा भएको यो अध्ययन अनुसार बजारमा सबैभन्दा चर्चित ब्रान्ड टेस्लाका कार सार्वजनिक चार्जिङ स्टेसनमा चार्ज गर्नका लागि ५० मिनेट कुर्नुपर्ने हुन्छ । त्यसमध्ये पनि लिड्स सहरका चालकले सबैभन्दा बढी कुर्नुपर्ने बताइएको छ ।

अध्ययन अनुसार लिड्समा प्रति चार्जिङ स्टेसन बराबर ३७.२ ओटा विद्युतीय गाडी पर्न आउँछन् । यदि सबै विद्युतीय गाडी प्रयोगकर्ता एकै पटक चार्ज गर्नका लागि आइपुगेको अवस्थामा एउटा चालकले ३१ घण्टासम्म पर्खिनु पर्नेछ ।

जुन नर्थ आयरल्याण्डको भन्दा १२ घण्टा बढी हो । नर्थ आयरल्याण्ड यो सूचीको दोस्रो स्थानमा रहेको छ । जहाँ एउटा चालकले आफ्नो कार चार्ज गर्न १९ घण्टा कुर्नु पर्ने बताइएको छ ।

तेस्रोमा साउथ इन्ड रहेको छ । उक्त क्षेत्रमा विद्युतीय गाडी चार्जका लागि १६ घण्टा १५ मिनेट पर्खिनु पर्ने अध्ययनले देखाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३