close

अब ह्वाट्सएपको ग्रुप कलमा चाहेको व्यक्तिलाई म्युट गर्न सकिने

टेकपाना टेकपाना

असार ४, २०७९ ९:२८

अब ह्वाट्सएपको ग्रुप कलमा चाहेको व्यक्तिलाई म्युट गर्न सकिने

काठमाडौं । ह्वाट्सएपले ग्रुप भ्वाइस कलका लागि लक्षित गर्दै नयाँ फिचर उपलब्ध गराएको छ । कम्पनीले ग्रुप कलमा सहभागीमध्ये कुनै व्यक्तिलाई उसले बोलेको सुन्न नमिल्ने गरी ‘म्युट’ गर्न सकिने फिचर ल्याएको हो ।

कम्पनीले केही दिन अघिमात्रै ग्रुप भ्वाइस कलमा सहभागी हुनेको संख्या ८ बाट बढाएर ३२ पुर्‍याएको थियो ।

सहभागी संख्या बढाएसँगै कम्पनीले त्यसलाई व्यवस्थित गर्न नयाँ फिचर थप गरेको हो, जसले ग्रुपमा कुनै एउटा व्यक्ति बोलिरहेको अवस्थामा अन्य प्रयोगकर्तालाई म्युट गर्ने सुविधा दिनेछ ।

त्यो हुँदा अन्य सहभागीबाट आउने आवजले कुनै असर नपर्ने जनाइएको छ । हुन त यो फिचर नयाँ भने होइन । यसअघि जुम, गुगल मिटजस्ता एपमा यो फिचर उपलब्ध भइसकेको छ ।

यो फिचरसँगै कम्पनीले ग्रुपमा सहभागी कुनै एकजना व्यक्तिलाई मात्रै म्यासेज गर्न सकिने सुविधासमेत थप गरेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३