close

सीजीनेटका ग्राहकलाई विद्युतीय सामग्री खरिदमा विशेष छुट

टेकपाना टेकपाना

असार ५, २०७९ १३:५८

सीजीनेटका ग्राहकलाई विद्युतीय सामग्री खरिदमा विशेष छुट

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको इन्टरनेट सेवा प्रदायक सीजीनेटले ‘दोहोरो छुट अफर’ ल्याएको छ । सीजीनेटको ५० एमबीपीएस वा १२० एमबीपीएसको इन्टरनेट प्याकेजको खरिदमा ग्राहकले सीजी डिजिटल सामग्री खरिद गर्न १५ सय रुपैयाँसम्मको भौचर पाउन सक्नेछन् ।

यो भौचर सीजी अथवा एलजीका डिजिटल सामग्री खरिदमा प्रयोग गर्न सकिनेछ । अफर अन्तर्गत प्राप्त भएको भौचर प्रयोग गर्दा २५ हजार रुपैयाँभन्दा माथिको सामग्री खरिदमा ५०० रुपैयाँसम्म छुट पाउन सकिनेछ ।

यसैगरी ५० हजार रुपैयाँभन्दा माथिको सामग्री खरिदमा एक हजार रुपैयाँको छुट पाउन सकिनेछ भने ७५ हजारभन्दा माथिको सामग्री खरिदमा १५ सय रुपैयाँको छुट पाउन सकिन्छ ।

यसैगरी सीजी डिजिटल वा एलजीको कुनै सामग्री खरिद गर्दा पनि सीजीनेट जडानमा छुट पाउन सकिन्छ । २५ हजार रुपैयाँभन्दा माथिको सीजी डिजिटल वा एलजी सामग्री खरिद गर्दा सीजी नेटको ७५० रुपैयाँको दुई भौचर गरेर कूल १५ सय रुपैयाँसम्मको छुट भौचर प्राप्त गर्न सकिन्छ ।

यो भौचर छ महिना र १२ महिनाको सब्सक्रिप्सन र नवीकरणमा मात्र प्रयोग गर्न सकिनेछ । छ महिनाको इन्टरनेट प्याकेज खरिद गर्दा सुरुमा ७५० रुपैयाँको भौचर प्रयोग गर्न सकिनेछ भनेपछि उक्त प्याकेज नवीकरण गर्नका लागि अर्को ७५० रुपैयाँको भौचर प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै १२ महिनाको प्याकेज खरिदको लागि भने प्रयोगकर्ताले दुवै भौचर एकैपटक प्रयोग गर्न सक्नेछन् । यसरी प्राप्त भौचर जारी गरेको १२ महिनासम्म मात्र मान्य हुने कम्पनीले बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३