close

नाडा अटो शोमा विद्युतीय दुई पाङ्ग्रे सवारीका लागि छुट्टै पेभिलियन

टेकपाना टेकपाना

असार ६, २०७९ ११:१

नाडा अटो शोमा विद्युतीय दुई पाङ्ग्रे सवारीका लागि छुट्टै पेभिलियन

काठमाडौं । नाडा अटोमोबाइल्स  अशोसियसन अफ नेपालले आयोजना गर्ने ‘नाडा अटो शो २०२२ ’मा विद्युतीय दुई पाङ्ग्रे सवारीका लागि छुट्टै पेभिलियनकाे व्यवस्था गरिएकाे छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भदौ ७ देखि छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विद्युतीय दुई पाङ्ग्रे सवारीका लागि सात ओटा स्टलसहितको पेभिलियन निर्माण गरिने नाडा अटो शो २०२२ का संयोजक अनुप बरालले जानकारी दिए ।

उनले पछिल्लो समय विद्युतीय सवारीको आकर्षण बढेको बताउँदै यस किसिमका सवारीकाे विशेष प्रदर्शनी हुने बताए ।

कोभिड-१९ जोखिमका कारण दुई वर्षदेखि स्थगित नाडा अटाे शाेकाे १५औं संस्करणको प्रदर्शनीका लागि जेठ २६ गतेदेखि स्टल बुकिङ खुलाइएकाे थियाे ।

उनका अनुसार प्रदर्शनीमा विद्युतीय सवारीसँगै इन्धनयुक्त सवारीसाधन, पार्टपुर्जा, वित्तीय संस्था एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाले सहभागिता जनाउनेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३