close

अब काठमाडौंमा प्रविधिमैत्री फोहोर व्यवस्थापन

टेकपाना टेकपाना

असार ६, २०७९ ८:३

अब काठमाडौंमा प्रविधिमैत्री फोहोर व्यवस्थापन

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनको लागि प्राविधिक प्रणाली लागू गरिने भएको छ ।

महानगरको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साहले प्रविधिमैत्री फोहोर व्यवस्थापनका लागि आवश्यक अध्ययन अगाडि बढाउने बताएका हुन् ।

प्रविधिमा आधारित फोहोरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरपालिका फोहोरमैला म्युनिसिपल सोलिड वेस्टको दिगो व्यवस्थापन गरिने उनकाे भनाइ छ ।

‘यसका लागि आवश्यक अध्ययन अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ति स्थापना विकास र सञ्चालनको कार्य गर्न एक छुट्टै परियोजना गठन गरी जिरो वेस्टको अवधारणा कार्यन्वयन गरिनेछ,’ उनले भने । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३