काठमाडौं । गुगलले क्रोम र एन्ड्रोइडमा स्वतः लगइन विवरण सेभ हुने र सोही गुगल अकाउन्टबाट लगइन भएका सबै डिभाइसको विवरण सिङ्क हुने फिचर उपलब्ध गराउँदै आएको छ । जसले गर्दा तपाईंले एउटा डिभाइसबाट वेबसाइट वा एपमा प्रयोग भएका लगइन विवरण अर्को डिभाइस हेर्न सक्नुहुन्छ ।
पासवर्ड सेभ गर्न थर्ड-पार्टी एप प्रयोग गर्नुपर्ने झन्झटबाट गुगलको यो फिचरले मुक्ति दिलाएको छ । क्रोममा सेभ भएका पासवर्ड एन्ड्रोइडको माध्यमबाट हेर्नका लागि निम्न प्रक्रिया अपनाउन सक्नुहुन्छ ।
गुगल प्ले सिस्टमको पछिल्लो अपडेट मार्फत तपाईँले सहजै पासवर्ड मेनेजरलाई एन्ड्रोइड फोनको होम स्क्रिनमा पाउन सक्नु हुनेछ ।
पासवर्ड मेनेजरमा कसरी बनाउने एक्सेस ?
सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड स्मार्टफोनको सेटिङमा जानुहोस् ।
त्यसपछि स्क्रोल गर्दै तल जानुहोस् र प्राइभेसी विकल्पलाई छान्नुहोस् ।
त्यसपछि ‘अटो फिल सर्भिस फ्रम गुगल’ (Auto-Fill service from Google) अप्सन छान्नुहोस् ।
अब ‘अटो फिल विथ गुगल’को पेज खुल्छ । त्यसको तल रहेको पासवर्डमा ट्याप गर्नुहोस् ।
यति गरिसकेपछि त्यहाँ तपाईंको अकाउन्टबाट सेभ भएका विभिन्न वेबसाइटका युजरनेम र पासवर्ड देख्न सकिन्छ । अब त्यसको माथि दायाँपट्टि सेटिङको आइकनमा ट्याप गर्नुहोस् ।
त्यसपछि त्यहाँ ‘एड शर्टकट टु योर होम स्क्रिन’ (Add shortcut to your home screen) भन्ने अप्सन देखिन्छ; त्यसमा ट्याप गर्नुहोस् ।
यति गरिसकेपछि तपाईंको मोबाइलको होम स्क्रिनमा पासवर्ड मेनेजरको आइकन देखिन्छ । त्यसमा गएर तपाईँले कुन विभिन्न अकाउन्टमा सेभ भएका पासवर्ड हेर्न सक्नुहुन्छ । साथै यसबाट पासवर्ड हेर्न, एडिट गर्न वा डिलिट गर्न सकिन्छ ।
यसरी होम स्क्रिनमा पासवर्ड मेनेजर देखिँदा जोकोहीले पनि पासवर्ड हेर्न सक्छन् भन्ने तपाईँलाई लागेको हुनसक्छ । तर चिन्ता नलिनुहोस् ।
गुगलले यसरी सेभ भएका पासवर्ड हेर्न बायोमेट्रिक र पिनको अप्सन राखेको छ । तपाईंले यसको अर्थ तपाईँको फिङ्गरप्रिन्ट भेरिफाइ वा पिन प्रयोग नगरीकन त्यहाँ सेभ भएका पासवर्ड हेर्न मिल्दैन ।