close

अस्ट्रेलियाको ईभी प्लान्टमा एक खर्ब ३१ अर्ब लगानी गर्दै बीएमडब्लू

टेकपाना टेकपाना

असार ८, २०७९ १०:५३

अस्ट्रेलियाको ईभी प्लान्टमा एक खर्ब ३१ अर्ब लगानी गर्दै बीएमडब्लू

काठमाडौं । जर्मनीको कार निर्माता कम्पनी बीएमडब्लूले विद्युतीय कार निर्माणका लागि अस्ट्रेलियामा रहेको प्लान्टमा ठूलो लगानी गर्ने तयारी गरेको छ ।

कम्पनीले नेक्स्ट जेनरेसन ई–ड्राइभका लागि अस्ट्रेलियामा रहेको ‘स्टेयर’ प्लान्टमा एक बिलियन युरो अर्थात् एक खर्ब ३१ अर्ब रूपैयाँभन्दा बढी लगानी गर्ने बताएको हो ।

कम्पनीको अस्ट्रेलियामा रहेको ‘स्टेयर’ प्लान्टको क्षमता वार्षिक ६ लाख कार उत्पादन गर्नसक्ने रहेको छ ।

नयाँ लगानीमध्ये ७१० मिलियन युरो कार उत्पादन र बाँकी प्रविधिमा लगानी गरिने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३