काठमाडौं । नेपाल टेलिकमले लिज लाइनको महसुल दर घटाएकाे छ । गत असार १ गतेदेखि लागू हुनेगरी कम्पनीले इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको जानकारी दिएकाे छ ।
इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले २५ सय रुपैयाँ रहेकोमा अब १६ सय रुपैयाँमात्र हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि २३ सय रुपैयाँबाट घटाएर १६ सय रुपैयाँ कायम गरिएको छ ।
५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल क्रमशः रु. २१ सय रुपैयाँ र १९ सय रुपैयाँ रहेकोमा अब दुवैको महसुल दर १५ सय रुपैयाँ कायम गरिएको छ ।
Internet Lease Line Tariff
| Existing Tariffs per Month per Mbps(NRs) | New Tariffs per Mbps (NRs) | |
| Bandwidth | per Month | Monthly |
| 1-20 Mbps | 2500 | 1600 |
| 21-50 Mbps | 2300 | 1600 |
| 51-100 Mbps | 2100 | 1500 |
| >100 Mbps | 1900 | 1500 |
इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल २७ सय रुपैयाँ रहेकोमा अब रु. २४ सय रुपैयाँ काम गरिएको छ ।
त्यस्तै ११ देखि १०० एमबीपीएसको २४ सय रुपैयाँ रहेकोमा अब २१ सय रुपैयाँ र १०० एमबीपीएसभन्दा बढीको रु. २१ सय रुपैयाँ रहेकोमा अब रु. १८ सय रुपैयाँ कायम गरिएको छ ।
Intranet Lease Line Tariff
| Bandwidth | Existing Tariffs per Mbps (NRs) per month | New Tariffs per Mbps(NRs) per month |
| 1-10 Mbps | 2700 | 2400 |
| 11-100Mbps | 2400 | 2100 |
| >100Mbps | 2100 | 1800 |
टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ ।
‘यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैँ बराबर रहन्छ भने यो सेवा चौबिसै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ,’ टेलिकमकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
