close

पूर्ण रूपमा बन्द हुँदै गुगल ह्याङआउट

टेकपाना टेकपाना

असार १४, २०७९ १३:०

पूर्ण रूपमा बन्द हुँदै गुगल ह्याङआउट

काठमाडौं । यही नोभेम्बर महिनादेखि गुगलको च्याटिङ प्लेटफर्म ‘ह्याङआउट’ बन्द हुने भएको छ । गुगलले पछिल्लो समयमा आफ्नो विभिन्न एपमा गरेको नयाँ अपग्रेडसँगै पुराना केही एप हट्ने भएका हुन्, जसमध्ये ह्याङआउट पनि एक हो ।

अब ह्याङआउट प्रयोगकर्ताले गुगलको ‘गुगल च्याट’ एप प्रयोग गर्न सक्नेछन् । सोमबार एक सूचना जारी गर्दै कम्पनीले अब ह्याङआउटलाई गुगल च्याटले प्रतिस्थापन गरेको जानकारी दिएको छ ।

अहिले ह्याङआउट प्रयोग गरिरहेका प्रयोगकर्ताले आफ्नो कन्भर्सेसनहरू गुगल च्याटमा सार्न सक्नेछन् अथवा सो कन्भर्सेसनहरू स्वत: गुगल च्याटमा सर्ने कम्पनीको भनाइ छ ।

प्रयोगकर्ताले ह्याङआउटमा भएको आफ्नो च्याट हिस्ट्री, डकुमेन्ट अथवा अन्य फाइलहरू डाउनलोड पनि गर्नसक्ने कम्पनीले बताएको छ । यद्यपि जुलाई महिनासम्म भने यो अनुमति छैन ।

जुलाई महिनापछि मात्र यो व्यवस्था लागू हुने पनि कम्पनीले जनाएको छ । आफ्नो नयाँ मेसेजिङ सेवा ‘गुगल च्याट’ लाई विस्तार गर्ने क्रममा गुगलले ह्याङआउटलाई बन्द गर्ने निर्णय लिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३