close

ईसेवाबाट मनकामना केबलकारको टिकट काट्दा आईफोनदेखि हिराको हारसम्म जित्ने मौका

टेकपाना टेकपाना

असार १४, २०७९ १८:३५

ईसेवाबाट मनकामना केबलकारको टिकट काट्दा आईफोनदेखि हिराको हारसम्म जित्ने मौका

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हारसहित थुप्रै पुरस्कार जित्न सकिने योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार, एक जनाले आईफोन १३, एक जनाले स्मार्ट टिभी र एक जनाले वासिङ मसिन जित्नसक्नेछन् ।

साउन ३१ गतेसम्म सञ्चालन हुने योजनामा विजेता चार जनाले आफूले रोजेको पुरस्कार प्राप्त गर्नसक्ने जनाइएको छ । विजेताहरू गोला प्रथामार्फत चयन गरिने छ ।

यस योजनामा ईसेवामार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन ईसेवामा भेरिफाई (प्रमाणित) भएको हुनुपर्नेछ ।

अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्नका लागि ईसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३