टेकपाना
असार १६, २०७९ १५:४१
काठमाडौं । फेसबुकमा कतिपय प्रयोगकर्ताले आफ्नो प्रोफाइल लक गरेर राखेका हुन्छन् ।
त्यस्ता प्रोफाइलको फोटो सामान्य तरिकाले हेर्न मिल्दैन ।
प्रोफाइल लक गरेको व्यक्ति को होला भन्ने जिज्ञासा हामी सबैमा हुन्छ । प्रोफाइलमा क्लिक गर्दा ‘दिस प्रोफाइल इज लक्ड’ भनेर देखाउँछ ।
तर त्यस्ता लक्ड प्रोफाइलका व्यक्ति को हुन् भनेर थाहा पाउन सकिन्छ ।
यसका लागि सबैभन्दा पहिले आफूले फोटो हेर्न चाहेको लक्ड प्रोफाइलमा जानुहोस् । त्यसपछि प्रोफाइल फोटोमा राइट क्लिक गरी इन्स्पेक्ट गर्नुहोस् ।
यसरी इन्स्पेक्ट गरिसकेपछि सेलेक्टमा थिच्नुहोस् ।
त्यसपछि माउसको कर्सरले प्रोफाइल फोटोमा पोइन्ट गर्नुहोस् ।
त्यो पोइन्ट गर्दा साइडमा देखिने फोटो को करेस्पन्डिङ्ग एलिमेन्टलाई कपी गर्नुहोस् ।
कपी गरेको इलिमेन्टलाई कुनै पनि टेक्स्ट इडिटर (Notepad, Msword) मा पेस्ट गर्नुहोस् ।
त्यसपछि https भन्दा अघिको टेक्स्ट डिलिट गर्नुहोस् ।
डिलिट गरिसकेपछिको टेक्स्टलाई फेरि कपी गरेर ब्राउजरमा पेस्ट गर्नुहोस् ।
यति गरिसकेपछि यसले तपाईंलाई सम्बन्धित व्यक्तिको फोटो छुट्टै ट्याबमा देखाउँछ ।
यसरी तपाईंले लक्ड प्रोफाइल फोटो हेर्न सक्नुहुन्छ । यद्यपि गाेपनीयताकाे विषय जाेडिएकाले लक गरेका प्रोफाइल नहेरेकै राम्रो हुन्छ ।
फेसबुकमा किन गरिन्छ प्रोफाइल लक ?
फेसबुक प्रोफाइलमा यसरी राख्नुहोस् थर बिनाको नाम
थाहा पाइराख्नुहोस्, फेसबुक अकाउन्ट लक हुँदा रिकभर गर्ने तरिका
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३