काठमाडौं । पाइथन अहिलेको लोकप्रिय प्रोग्रामिङ ल्याङ्ग्वेज हो, जुन आर्टिफिसियल इन्टेलिजेन्सको बृहत् क्षेत्रभर प्रयोग हुन्छ । डिजिटल रुपान्तरणको यो युगमा एप्लिकेसन डिजाइन गर्नसक्ने क्षमता भएका जनशक्तिको माग उच्च छ ।
यसैले आज पाइथन ल्याङ्वेजबाट करियर बनाउन चाहनेहरूको संख्या बढ्दो छ । एक उच्चस्तरीय प्रोग्रामिङ ल्याङ्वेजको रूपमा उदाउनुका पछाडि यो इन्टरयाक्टिभ र अब्जेक्ट ओरियन्ट स्क्रिप्ट भएर पनि हो ।
सिक्न सजिलो र बजारको मागअनूकुल हुँदा वर्षेनि यो क्षेत्रमा आकर्षण बढिरहेको छ ।
यसैबीच सफ्टवेयर इन्जिनियर प्रविन चौधरीले पाइथन बिगिनर (सुरूवातकर्ता) हरूका लागि पुस्तक तयार पारेका छन् ।
पाइथन डेभलपर बन्न चाहनेका लागि उनको पुस्तक उपयोगी हुनसक्छ । यो पुस्तकमा कूल १३ च्याप्टर समावेश गरिएको छ ।
यसअन्तर्गत लेखक चाैधरीले पाइथन प्रोग्रामिङको आधारभूत जानकारी, पाइथनका मोड्युल र कमेन्ट, भेरियबल र डेटा टाइप्स, पाइथनका अपरेटरहरूदेखि एडभान्स्ड पाइथनसम्मका विषय समावेश गरेका छन् ।