डाेमेन नेम लिने बेलामा आफ्नो नाम भएको डाेमेन अर्को व्यक्तिले पहिले नै लिएको हुनसक्छ । वा कतिपय अवस्थामा हामीले पुरानो ईमेल एड्रेसबाट डोमेन नेम रजिस्टर गरेर ईमेल एड्रेश बिर्सौका हुनसक्छौं ।
आज हामी कुनै पनि डटकम डटएनपी डोमेन कुन ईमेलमा रजिस्टर छ भनी जान्न सकिने विषयबारे जानकारी दिँदैछाैं ।
सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । यसपछि रजिस्टर डटकम डट एनपीको होमपेज देखिन्छ । फाेनमा हेर्दै हुनुहुन्छ भने मेन्यूको अप्सनमा ट्याप गर्नुहोस् ।
माथि ‘Whois Lookup’ को अप्सन देख्न सक्नुहुन्छ । त्यहाँ ट्याप गरेर आफूले खोज्न चाहेको डोमेन नेम टाइप गर्नुहोस् ।
त्यसपछि त्यो डोमेन नेम कुन व्यक्तिको नाममा कहिले लिएको भन्ने हेर्न सकिन्छ ।