close

घरायसी विद्युतीय सामग्रीमा डिसहोमको प्रवेश, सुरु भयो उत्पादन

टेकपाना टेकपाना

असार २१, २०७९ ११:२२

घरायसी विद्युतीय सामग्रीमा डिसहोमको प्रवेश, सुरु भयो उत्पादन

काठमाडौं । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिसहोमले आफ्नो दायरा विस्तार गर्दै घरमा प्रयोग हुने विद्युतीय सामग्री उत्पादन थालेको छ । यसअघि डिसहोम लगायतका टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकलाई आवश्यक पर्ने सेटअप बक्स निर्माण गर्दै आएको कम्पनी डिजिटल होम इन्टरनेशनलले ‘डीएचआई’ ब्राण्डमा होम अप्लायन्सका सामाग्रीहरू उत्पादन सुरु भएको हो ।

यस कम्पनीमा डिसहोम कै लगानी रहेको छ । यसअघि डिसहोमकै लगानीमा गोदावरीमा सेटअप बक्स निर्माणको लागि प्लान स्थापना गरिएको थियो । सोही प्लान्टलाई विस्तार गरी होम अप्लायन्स उत्पादन सुरु गरिएको डिसहोमका प्रबन्ध निर्देशक तथा डीएचआईका निर्देशक सुदीप आचार्यले जानकारी दिएका छन् ।

उनका अनुसार १४ करोड सम्पतीका साथ यो कम्पनी सुरु गरिएको हो । जसमार्फत सेटअप बक्सका साथै अब वासिङ मेसिन, टिभी, रेफ्रिजेरेटर, राइस कुकर, चिम्नी, फ्रिजर, एयर कुलर, इलेक्ट्रिक केटल, इलेक्ट्रिक वाटर हिटर लगायतका सामान समेत एसेम्बल हुने उनले बताए । यसरी एसेम्बल गरी डीएचआईको ब्राण्डमा केही समय अघिबाटै बजारमा सामान उपलब्ध हुन थालिसकेको समेत आचार्यले जानकारी दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३