close

नीमा एकेडेमीको ई-लर्निङ एपबाट एसईईको नतिजा हेर्न सकिने

टेकपाना टेकपाना

असार २२, २०७९ १५:५

नीमा एकेडेमीको ई-लर्निङ एपबाट एसईईको नतिजा हेर्न सकिने

काठमाडौं । नीमा एकेडेमी एपबाट एसईई परीक्षाको नतिजा हेर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले असार महिनाभित्रै प्रकाशित गर्न लागेको एसईईको नतिजा नीमा एकेडेमीको ई-लर्निङ एपबाट एपबाट हेर्न सकिने भएको हो ।

‘नतिजा प्रकाशन हुनसाथ हुने हतारो र सिस्टम भारले गर्दा समयमै आफ्नो मूल्यांकन थाहा पाउन नसक्ने सरोकारवालाहरुको गुनासोलाई मध्यनजर गर्दै नीमा एकेडेमी एपले एकदमै छिटो र सरल उपायबाट थाहा पाउने संयन्त्र बनाएको छ,’ कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

यसका लागि विद्यार्थीले आफ्नो विवरण (जन्ममिति र सिम्बोल नम्बर) नीमा एकेडेमी एपमा दर्ता गर्नुपर्ने बताइएकाे छ । नतिजा प्रकाशन हुनसाथ आफैं विद्यार्थीकाे मोबाइलमा नोटिफिकेसन जाने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलमान प्रधानले जानकारी दए ।

यस्ताे छ प्रक्रिया

↪️ गुगल प्ले स्टाेरबाट निमा एकेडेमी ई-लर्निङ एप डाउनलोड गर्नुहोस् ।

↪️ साइनअप गर्नुहोस् वा एपमा लगइन गर्नुहोस् ।

↪️ तलको 𝐄𝐱𝐚𝐦 𝐑𝐞𝐬𝐮𝐥𝐭𝐬 𝐕𝐢𝐞𝐰 खण्डमा जानुहोस् ।

↪️ आफ्नो जन्ममिति र सिम्बोल नम्बर दर्ता गर्नुहोस् । 

यसपछि नतिजा प्रकाशन भएको केही बेरमै नीमा एकेडेमी एपको माध्यमबाट परीक्षार्थीको मोबाईलमै नतिजा पुग्ने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३