काठमाडौं । साओमीले गत वर्ष क्यामेरा ब्रान्ड लाइकासँग साझेदारी गरेको थियो, जसअन्तर्गत साओमी १२ एस सिरिजबाट सो ब्राण्डको क्यामेरा प्रयोग गर्ने सम्झौता भएको थियो ।
तर साओमीले यी डिभाइस विश्व बजारमा उपलब्ध नगराउने भएकाे छ । एन्ड्रोइड अथाेरिटीका अनुसार याे सिरिज चिनियाँ बजारमा मात्र उपलब्ध हुनेछ ।
त्यसपछिका अन्य फाेन भने लाइका क्यामेरासहित विश्वबजारमा पनि उपलब्ध गराउने कम्पनीकाे भनाइ छ ।
लाइका क्यामेरा ब्रान्डसँगको रणनीतिक साझैदारीले साओमीको अन्तर्राष्ट्रिय बजारमा दीर्घकालीन प्रभाव पार्ने साओमीकाे विश्वास छ । यसका लागि कम्पनीले अन्य लाइका-ब्रान्डेड फोनहरूमा काम गरिरहेको देखिन्छ ।
साओमीले विश्व बजारमा आफ्ना फोन पुर्याउनका लागि रिब्रान्ड गरिरहेको देखिन्छ । यसबाट साओमी १२ एस सिरिज विश्व बजारमा नयाँ नामले उपलब्ध हुने अनुमान लगाउन सकिन्छ ।
जे भएपनि साओमी १२ एस अल्ट्रा हालसम्म भएका फोनहरूमध्ये आकर्षक क्यामेरा फोन मानिन्छ । यसमा एक इन्चको ५० मेगापिक्सेल मुख्य क्यामेरा रहेको छ भने एक जोडी ४८ मेगापिक्सेलका सेकेन्डरी क्यामेरा (अल्ट्रावाइड शट र ५.२ पेरिस्कोप जुम भएका) रहेका छन् ।