close

नेपाल आईटी ओलम्पियाड हुँदै, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

असार २४, २०७९ १८:४८

नेपाल आईटी ओलम्पियाड हुँदै, यसरी दिनुहोस् आवेदन

काठमाडौं । आईटी ओलम्पियाड नेपाल र सजिलो पेको आयोजनामा ‘दोस्रो नेपाल आईटी ओलम्पियाड प्रतियोगिता’ आयोजना हुने भएको छ । बिना शुल्क प्रतिस्पर्धीले सहभागी जनाउन सक्ने गरी यस पटकको प्रतियोगिता हुन लागेको हो ।

२५ असारमा सुरु हुने कार्यक्रम साउन १४ सम्म चल्नेछ । यो कार्यक्रमले नेपालका विद्यालयहरूको शैक्षिक गुणस्तर मापन गर्ने एउटा आधार समेत हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा पूर्व सञ्चार तथा प्रविधि मन्त्री गणेश साह, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानका प्राध्यापक डा. सुवर्ण शाक्य, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सहित बोर्ड अफ ट्रस्टी रहेको कार्यक्रम सातै प्रदेशमा अनलाइनबाट हुने उल्लेख छ ।

राष्ट्रिय स्तरको यो प्रतियोगितामा विभिन्न माध्यमिक विद्यालयहरूले आफ्ना विद्यार्थीलाई प्रतिष्पर्धा गराउन सक्ने आईटी ओलम्पियाड नेपालका अध्यक्ष शंकरप्रसाद शर्माले बताए । आईटी ओलम्पियाडमा सहभागी हुन यहाँ क्लिक गरी रजिस्ट्रेसन गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३