close

स्लो फोनलाई फास्ट बनाउने स्मार्ट तरिका

टेकपाना टेकपाना

असार २६, २०७९ ११:२६

स्लो फोनलाई फास्ट बनाउने स्मार्ट तरिका

काठमाडौं । तपाईंले आफ्नो एन्ड्रोइड फोनमा जुनसुकै ब्राउजर प्रयोग गरेपनि त्यसले जङ्क फाइलहरू जम्मा पारेको हुन्छ । यस्ता फाइलले फोनको स्टोरेज खपत गरिरहेको हुन्छ ।

जङ्क फाइलले ब्राउजर स्लो बनाउनुका साथै फोनको स्पिडमा पनि असर गरेको हुन्छ । याे समस्याबाट मुक्ति पाउने सबैभन्दा उपयुक्त विधि हो, जंक फाइल हटाउने ।

एन्ड्रोइड ब्राउजरबाट क्यास अथवा जंक फाइल हटाउने तरिका

एन्ड्रोइड फोनमा प्रयोग हुने हरेक ब्राउजरका क्यास र जंक फाइल हटाउने फरक-फरक विधि छन् । आज हामी एन्ड्रोइड फोनमा सर्वाधिक प्रयोग गरिने ब्राउजरमा क्यास र जंक फाइल कसरी हटाउने भन्ने विषयमा जानकारी दिन्छौं ।

क्रोम

एन्ड्रोइड फोनमा सर्वाधिक प्रयोग हुने ब्राउजर गुगल क्रोम हो । यसमा जम्मा भएका जंक फाइल र क्यास यसरी हटाउनुहोस् ।

  • सबैभन्दा पहिले क्रोम ब्राउजर खोल्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि रहेको तीनवटा डटमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि हिस्ट्रीको अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि क्लियर ब्राउजिङ डेटामा ट्याप गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ बेसिकको अप्सनको तल डिफल्ट रूपमा अल टाइम भन्ने अप्सन छानिएको हुन्छ । हामीले सबै समयको हटाउन पर्ने भएकाले त्यसलाई त्यत्तिकै छाड्नुपर्ने हुन्छ ।
  • त्यसपछि तल रेहेको क्लियर डेटामा ट्याप गर्नुहोस् ।

त्यसपछि क्लियरको अप्सनमा ट्याप गरेर सधैँका लागि क्यास र जंक फाइल हटाउनुहोस् ।

सामसङ इन्टरनेट

सामसङ इन्टरनेट पनि सर्वाधिक प्रयोग हुने ब्राउजरमध्येको एक हो । विश्वमा सर्वाधिक बिक्री हुने एन्ड्रोइड फोन सामसङ भएकाले सामसङ इन्टरनेटको प्रयोग बढी भएको पाइन्छ ।

सामसङ इन्टरनेटमा क्यास तथा जंक फाइल हटाउन तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले सामसङ इन्टरनेट खोल्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि रहेको तीनवटा डटमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि सेटिङमा जानुहोस् ।
  • त्यसपछि पर्सनल डेटा (Personal Data) मा जानुहोस् ।
  • त्यसपछि डिलिट ब्राउजिङ डेटामा ट्याप गर्नुहोस् ।
  • त्यसपछि कुकिज एण्ड साइट डेटा अप्सन छानेर क्यास्ड इमेज एण्ड फाइल्स (Cached images and files ) ट्याप गर्नुहोस् ।
  • त्यसपछि डिलिट डेटामा ट्याप गरेर कन्फर्ममा ट्याप गर्नुहोस् ।

फायरफक्स

फायरफक्समा क्यास हटाउनका लागि सबैभन्दा पहिले फायरफक्स एप खोल्नुहोस् ।

  • त्यसपछि माथि दायाँपट्टि रहेको तीनवटा डटमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि सेटिङमा जानुहोस् ।
  • त्यसपछि डिलिट ब्राउजिङ डेटामा ट्याप गर्नुहोस् ।
  • त्यसपछि कुकिज छानेर क्यास्ड इमेज एण्ड फाइल्समा ट्याप गर्नुहोस् ।
  • त्यसपछि डिलिट ब्राउजिङ डेटामा ट्याप गरेर क्यास फाइल हटाउन सक्नुहुन्छ ।

कुनै पनि एन्ड्रोइड एपका क्यास यसरी हटाउनुहोस् ।

तपाईंले माथि उल्लेख गरिएका ब्राउजरबाहेक ब्रेभो वा ओपेराजस्ता ब्राउजर प्रयोग गर्नुभएको छ भने त्यहाँ सेटिङभित्रको हिस्ट्रीमा गई जंक फाइल हटाउने अप्सन देख्न सक्नुहुन्छ । जहाँबाट त्यस्ता फाइल सहजै हटाउन सकिन्छ ।

तपाईंको डिभाइसमा प्रयोग भइरहेका कुनै पनि एपको क्यास फाइल यसरी हटाउनुहोस् ।

  • सबैभन्दा पहिले फोनको सेटिङमा जानुहोस् ।
  • त्यसपछि एप र नोटिफिकेसन (एप्स) मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि एप इन्फोमा ट्याप गरेर आफूले क्यास हटाउन चाहेको एप छान्नुहोस् ।
  • त्यसपछि स्टोरेज एण्ड क्यास सेक्सनमा रहेको क्लियर क्यासमा ट्याप गर्नुहोस् ।

याद गर्नुहोस् यसरी सम्पूर्ण एपको क्यास फाइल हटाउँदा तपाईंले आफ्ना संवेदनशील विवरण वा पासवर्ड भएका (बैङ्क विवरण, महत्त्वपूर्ण अकाउन्टको युजरनेम र पासवर्ड) एपलाई केही नगर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३