काठमाडौं । अन्टुटुले जुन महिनाको सन्तुष्ट एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताकाे सूची सार्वजनिक गरेको छ । पहिलो सूचीमा कुन फोन पर्यो होला, अनुमान गर्नुहाेस् त ?
अन्टुटुले गरेको सर्वेक्षणमा सामसङ ग्यालेक्सी नोट २० फ्ल्यागशिप २०२० पहिलो सूचीमा परेको छ । सर्वेक्षणअनुसार सामसङ ग्ल्यालेक्सी नोट ट्वान्टीले सबैभन्दा बढी सकारात्मक प्रतिक्रिया पाएकाे छ ।
९६.९२ प्रतिशत सकारात्मक प्रतिक्रिया हुँदाहुँदै पनि दक्षिण कोरियाली कम्पनी सामसङले नोट सिरिजका फोन उत्पादन बन्द गरेको छ ।
यद्यपि सामसङका अन्य फोनको बिक्री भने पछिल्ला वर्षहरूमा औसत नै रहेको छ । विश्व बजारमा सर्वाधिक बिक्री हुने एन्ड्रोइड फोनको सूचीमा पहिलो सामसङ पहिलो अंकमा छ ।
सन्तुष्ट प्रयोगकर्ता भएका फोनको सूचीमा दोस्रो स्थानमा केही महिनाअघि मात्र सार्वजनिक भएको ओप्पो के१० फाइभजी फोन रहेको छ । यद्यपि ओप्पोको ‘के’ सिरिज भने फ्लयागशिप प्रडक्ट लाइनमा छैन । यस मोडलकाे स्मार्टफाेनले ९४.३३ प्रतिशत सकारात्मक प्रतिक्रिया पाएकाे छ ।