close

फेसबुक इभेन्ट्सलाई क्यालेन्डरमा सिंक गर्ने तरिका

टेकपाना टेकपाना

असार २६, २०७९ १४:४८

फेसबुक इभेन्ट्सलाई क्यालेन्डरमा सिंक गर्ने तरिका

काठमाडाैं । डिजिटल युगमा सामाजिक सञ्जालमा अपडेट हुनु अनिवार्यजस्तै बनिसकेको छ । देश-विदेशका राजनीति, अर्थतन्त्र, प्रविधिलगायत हरेक विधाका जानकारी सामाजिक सञ्जालमै पाइन्छ ।

न्यू मिडिया अर्थात् नयाँ माध्यमअन्तर्गत सामाजिक सञ्जालले सर्वसाधारणमा बलियोको प्रभाव पारिरहेको छ । अहिले भाैतिक तथा अनलाइन हरेक प्रकारका कार्यक्रम लक्षित वर्गसमक्ष पुर्‍याउन सामाजिक सञ्जाल फेसबुककाे प्रयाेग भएकाे पाइन्छ ।

कार्यक्रमकाे जानकारी सबैको पहुँचमा पुर्‍याउन सजिलो हुने भएकाले ‘फेसबुक इभेन्ट्स’ निकै उपयाेगी बनेकाे छ । वर्कशप, ट्रेनिङ्ग, कन्सर्टजस्ता इभेन्ट्सको प्रभावकारिता सामाजिक सञ्जालमार्फत धेरै हुन्छ ।

तपाईंले पनि यस्ता कतिपय इभेन्ट्समा सहभागी हुनुभएको होला । तर कहिलेकाहीँ थाहा नभएर महत्त्वपूर्ण इभेन्ट छुट्नसक्छ ।

त्यस्ता इभेन्ट्सहरु नछुटोस् भन्ने चाहनुहुन्छ भने फेसबुक इभेन्ट्सलाई डिभाइसको डिफल्ट क्यालेन्डरसँग सिंक गर्न सक्नुहुन्छ ।

यसरी सिंक गरिसकेर इभेन्ट हुनुभन्दा अघिल्लो दिन रिमाइन्डर पनि सेट गर्न सक्नुहुन्छ, जसले तपाईंलाई इभेन्ट्सको याद दिलाउँछ ।   

फेसबुक इभेन्ट्सलाई क्यालेन्डरमा सिंक गर्न यसाे गर्नुहाेस्

पहिले तपाईं आफ्नो फेसबुक अकाउन्टमा जानुहोस् । त्यसपछि आफ्नो प्रोफाइल क्लिक गरेर ‘मोर’ (More) भित्रको इभेन्ट्स (Events) मा जानुहोस् ।  

त्यसपछि अपकमिङ (Upcoming) इभेन्ट्सभित्र गएर इभेन्ट्स सेलेक्ट गर्नुहोस् ।

इभेन्ट्सको दायाँपट्टि रहेको थ्री डटमा क्लिक गरी एड टु क्यालेन्डर (Add to Calendar) गर्नुहोस् ।  

त्यसपछि सेलेक्ट गरेको इभेन्ट्सलाई एक्सपोर्ट गर्नुहोस् ।  

एक्सपोर्ट गरेको फाइल डाउनलाेड भइसकेपछि ओपन विथ क्यालेन्डर (Open with Calendar) गर्नुहोस् ।

त्यसपछि तपाईंले आफ्नो डिभाइसको डिफल्ट क्यालेन्डरमा इभेन्ट इम्पोर्ट गर्न सक्नुहुन्छ ।  

यति गरिसकेपछि तपाईंको क्यालेन्डरमा इभेन्ट देखाउँछ । इभेन्टभन्दा अघिल्लो दिन रिमाइण्डर सेट गर्न पनि सक्नुहुन्छ ।  

यसरी तपाईंले आफ्नो डिभाइसकै क्यालेन्डरमा इभेन्ट इम्पोर्ट गरेपछि महत्त्वपूर्ण इभेन्टमा सहभागी हुन सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३