close

नेपाली बजारमा आउँदै प्योर ईभीको बिजुली बाइक, प्रि बुकिङ खुल्यो

टेकपाना टेकपाना

असार २७, २०७९ १९:४५

नेपाली बजारमा आउँदै प्योर ईभीको बिजुली बाइक, प्रि बुकिङ खुल्यो

काठमाडौं । भारतीय कम्पनी प्योर ईभीको इट्रिस्ट ३५० बाइक नेपाली बजारमा भित्रिने भएको छ । ह्वाइट लोटस मोटर्सले यो बाइक नेपालमा बिक्री गर्ने भएको हो ।

यो बाइक आगामी तीन साताभित्र नेपाल भित्रिने तय भएको र यसका लागि प्रि बुकिङसमेत खुल्ला गरिएको कम्पनीका बिक्री प्रमुख सुशिल अर्यालले बताए । सवारी प्रयोगकर्ताले यो बाइक खरिद गर्न चाहेमा नेपालभर रहेका प्योर ईभीका शोरूमबाट प्रि बुकिङ गर्न सक्नेछन् ।

प्रि बुकिङ गर्नका लागि १० हजार रुपैयाँ भुक्तानी गर्नु पर्नेछ । तीन लाख ९० हजार रुपैयाँ मूल्य रहेको यो विद्युतीय बाइकमा तीन किलोवाटको बीएलडीसी हब मोटर जडान गरिएको छ ।

यसले अधिकतम चार किलोवाट पिक पावर प्रदान गर्ने बताइएको छ । ३.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री जडान भएको यो बाइक अधिकतम ८५ किलोमिटर प्रति घण्टाको गतिमा गुड्न सक्छ ।

साथै, यो बाइकले १४० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यो बाइकमा ८४ भोल्ट तथा आठ एम्पियरको चार्जरबाट छ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

यसको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ भने व्हिलबेस १३७५ एमएम रहेको छ । यो बाइकमा ७ इन्चको एलईडी डिजिटल डिस्प्ले, ट्युबलेस टायर, डिस्क ब्रेक, एलईडी हेडल्याम्प, हाइड्रोलिक डुअल सस्पेन्सन, एन्टी थेफ्ट लकिङ सिस्टम एलईडी डीआरएलएस लगायतका फिचर उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३