close

अब ह्वाट्सएपमा सबै इमोजीलाई रियाक्सनको रुपमा प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

असार २९, २०७९ ११:२२

अब ह्वाट्सएपमा सबै इमोजीलाई रियाक्सनको रुपमा प्रयोग गर्न सकिने

काठमाडौं । अब ह्वाट्सएपमा उपलब्ध सबै प्रकारका इमोजीहरूलाई रियाक्सनको रुपमा प्रयोग गर्न  सकिने भएको छ । ह्वाट्सएपको मुख्य कम्पनी मेटाले प्रयोगकर्ताको लागि एपमा उपलब्ध सबै इमोजीलाई रियाक्सनको रुपमा प्रयोग गर्न मिल्ने फिचरको परिक्षण गरिरहेको र छिट्टै प्रयोगकर्तामाझ यो फिचर उपलब्ध हुने कम्पनीका सीईओ मार्क जुकरबर्गले जानकारी दिएका छन् ।

यो फिचर एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध हुनेछ । हाल ह्वाट्सएपमा थम्सअप, लब, क्राइङ विथ लाफ, सक्ड, क्राइङ र हाईफाइब इमोजीहरू मात्र रियाक्सनको रुपमा प्रयोग गर्न मिल्छ । तर अब भने एपमा भएका सबै इमोजीहरू रियाक्सनको रुपमा प्रयोग गर्न मिल्नेछ ।

परीक्षणको रुपमा यो फिचर केही प्रयोगकर्ताको लागि भने खुला गरिएको छ । आफूलाई यो फिचर उपलब्ध भए/नभएको हेर्नको लागि भने ह्वाट्सएपलाई अपडेट गर्न सकिन्छ । आधिकारिक रुपमा सबैको लागि उपलब्ध भएपछि भने यो फिचर स्वत लागू हुने जनाइएको छ ।

यो फिचर कहिले सार्वजनिक हुनेछ भन्ने विषयमा भने कुनै पनि आधिकारिक जानकारी भने दिएको छैन।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३