close

फ्रि फायरले गर्यो १९ लाख प्रयोगकर्ताको अकाउन्ट बन्द

टेकपाना टेकपाना

असार २९, २०७९ १०:३७

फ्रि फायरले गर्यो १९ लाख प्रयोगकर्ताको अकाउन्ट बन्द

काठमाडौं । खेलको नियम उल्लंघन गरेको भन्दै गरिना फ्रि फायरले गएको दुई हप्तामा १९ लाख भन्दा बढिको अकाउन्ट सधैंका लागि बन्द गरेको छ । खेलको नियम उल्लंघन गरेको भन्दै कम्पनीले १९ लाख ५३ हजार ९ सय ८३ जनाको अकाउन्ट सधैंका लागि बन्द गरेको हो ।

खेलमा ह्याकिङ गरेको आरोपमा उल्लेखित संख्यामा अकाउन्टहरू बन्द गरिएको हो । साथै कम्पनीले ह्याक गर्न सिकाउने तथा गर्ने १ सय ३६ च्यानल र १२ हजार ७ सय ३९ ह्याकिङ सँग सम्बन्धित भिडिओहरू पनि युट्युबबाट हटाउन लगाएको छ ।

कुनै पनि ह्याकिङ सँग सम्बन्धित कामहरू नगर्न पनि कम्पनीले प्रयोगकर्तालाई आग्रह गरेको छ । साथै कम्पनीले कुनै पनि मोडिफाइ गरिएको वा अनधिकृत क्लाइन्टहरू प्रयोग नगर्न, अनधिकृत टुल्सहरू प्रयोग नगर्न तथा फ्रिफायरको एन्टी ह्याक सिस्टमलाई बाइपास गर्नको लागि अन्य कुनै सिस्टम प्रयोग नगर्न समेत प्रयोगकर्तालाई सचेत गराएको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३