close

कस्तो होला ‘हुन्डाई आरएन २२ ई’ विद्युतीय कार ?

टेकपाना टेकपाना

असार ३२, २०७९ ११:३

कस्तो होला ‘हुन्डाई आरएन २२ ई’ विद्युतीय कार ?

काठमाडौं । हुन्डाईले हालै सम्पन्न ‘एन डे’ कार्यक्रममार्फत उत्पादनको क्रममा रहेको ‘आरएन २२ ई’ विद्युतीय कारको अवधारणा प्रस्तुत गरेकाे छ ।

सार्वजनिक भएको अवधारणाले कम्पनीको भविष्यमा सार्वजनिक हुने ‘आइओनिक ६’ कार कस्तो हुनेछ भन्ने विषयमा प्रष्टाएको छ ।

आइओनिक ६ को स्ट्यान्डर्ड ब्याट्री प्याकजस्तै आरएन २२ ई मा पनि ७७.४ किलोवाटको ब्याट्री उपलब्ध हुने बताइएको छ ।

त्यस्तै आरएन २२ई ले १५५ माइल प्रति घण्टाको स्पिड दिने बताइएको छ भने १० प्रतिशत चार्ज रहेको अवस्थामा चार्ज गर्दा यो गाडीको चार्ज १८ मिनेटमा नै ८० प्रतिशत हुने कम्पनीले दाबी गरेकाे छ ।

रेसिङ कारको अवधारणासहित यो कारको डिजाइन गरिएको कम्पनीले बताएको छ ।

आरएन २२ ई अहिलेको लागि एउटा अवधारणा मात्र हुन सक्छ, तर यसले हुन्डाईलाई भविष्यका ‘एन’ सिरिजका उत्पादनहरू निर्माण गर्न मद्दत गर्न धेरै सहयोग हुने अपेक्षा गरिएको छ ।

योसँगै कम्पनीले आफ्नो पहिलो विद्युतीय कार आईओनिक ५ एन सार्वजनिक गरिसकेको छ, जुन २०२३ देखि बजारमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३