close

विन्डोज कम्प्युटरमा स्क्रिनशट लिने ५ तरिका

टेकपाना टेकपाना

असार ३२, २०७९ ९:२५

विन्डोज कम्प्युटरमा स्क्रिनशट लिने ५ तरिका

काठमाडौं । कम्प्युटरमा स्क्रिनशट लिनपरे तपाईं कुन विधि प्रयाेग गर्नुहुन्छ ? विन्डोजमा स्क्रिनशट लिने विभिन्न एप तथा बिल्ट-ईन फिचरहरू छन् । आज हामी स्क्रिनशट लिन सकिने विभिन्न पाँच विधिबारे चर्चा गर्दैर्छौं ।

स्निपिङ टुल

यदि तपाईं विन्डोज प्रयाेगकर्ता हुनुहुन्छ भने स्निपिङ टुलका माध्यमबाट कीबोर्डको शर्टकट की प्रयोग गरी स्क्रिनशट लिन सक्नुहुन्छ । यो टुलबाट तपाईंले विविध आकारमा स्क्रिनशट लिनुका साथै त्यसलाई बेसिक इडिट पनि गर्न सक्नुहुन्छ ।

विन्डोज टेन वा इलाभेनमा विन्डोज+शिफ्ट+एस (Win+Shift+S) दबाएर स्निपिङ टुल खोल्न सक्नुहुन्छ ।

एकपटक तपाईंले यी की दबाउनुभयो भने तपाईंको स्क्रिनको भाग पहिलेभन्दा अँध्यारो देखिन्छ । यसले स्निपिङ टुल सक्रिय भएको संकेत दिन्छ ।

माथि भनिएका तीनवटा की दबाइसकेपछि तपाईंले त्यहाँ चारवटा अप्सन देख्न सक्नुहुन्छ । सबैभन्दा पहिलो अप्सनका माध्यमबाट तपाईंले रेक्टेङगुलर आकारमा स्क्रिनशट लिन सक्नुहुन्छ ।

·         सबैभन्दा पहिले रेक्टेङ्गुलर टुल नै छानिएको हुन्छ । 

·         तपाईंले माउसको क्रसर (त्यहाँ क्रसरको ठाउँमा प्लसको आइकन देखाएको हुन्छ) लगेर आफूले स्क्रिनशट लिन चाहेको भागमा लगेर राइट क्लिक गरी रेक्टेङ्गुलर आकार छान्नुपर्ने हुन्छ ।

·         आकार छानिसकेपछि क्रसर छोड्नहाेस् ।

·         त्यसपछि तल दायाँपट्टि स्निप एण्ड स्केच भन्ने सानो पेज खुल्छ ।

तपाईंले यसैगरी दोस्रो अप्सन फ्रीफर्म स्निप भन्ने अप्सन रहेको छ । यसका माध्यमबाट तपाईंले आफूले चाहेको जुनसुकै आकारको स्क्रिनशट लिन सक्नुहुन्छ ।

त्यस्तै तेस्रोमा विन्डो स्निप भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यसको प्रयोग गरेर तपाईंले कुनै एउटा निश्चित एपको इन्टरफेसको फुल स्क्रिनशट लिन सक्नुहुन्छ । त्यस्तै चौंथो अप्सन फूलस्क्रिन स्निपिङका माध्यमबाट विन्डोजको फुल स्क्रिनशट लिन सकिन्छ ।

तपाईंले कुनै पनि तरिकाले स्क्रिनशट लिएपछि त्यसको तल एउटा स्निप एण्ड स्केच भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यसमा गएर आफ्नो आवश्यकता अनुसार इडिट गरी कन्ट्राेल+एस (Ctrl+S) बटल दबाएर सेभ गर्न सक्नुहुन्छ ।

द गेम बार

द गेम बार हेरक स्तरका प्रयोगकर्ताका लागि उपयोगी विधि हो । यसलाई प्रयोग गर्न विन्डोज की र जी की (Win+G) दबाउनु पर्ने हुन्छ । यसका माध्यमबाट कुनै एक्टिभ विन्डोजको स्क्रिनशट लिन मिल्नुका साथसाथै स्क्रिन रेकर्ड पनि गर्न सकिन्छ ।

प्रिन्ट स्क्रिन की

विन्डोजमा स्क्रिनशट लिने सबैभन्दा बढी प्रयोग गरिने कि हो, प्रिन्ट स्क्रिन की (PrtScr) । यसलाई फरक फरक तरिकाले स्क्रिनशट लिन प्रयोग गर्ने गरिन्छ । त्यसका लागि एउटा तरिका हो विन्डोज की र प्रिन्ट स्क्रिन की (Win+PrtScr) ।

यी दुई कीलाई सँगै दबाएको खण्डमा स्क्रिन अँध्यारो देखिन्छ । यसको अर्थ हुन्छ, तपाईंले खिचेको स्क्रिनशट लिइयो । यसलाई फोटोशट, नोट, पेन्ट अथवा वर्डमा पेस्ट गर्नुपर्ने हुन्छ । अथवा फाइल एक्सप्लोरेको पिक्चर फोल्डरमा सो स्क्रिनशट हेर्न सकिन्छ ।

त्यस्तै कुनै एक्टिभ विन्डोजको स्क्रिनशट लिनुपर्‍यो भने तपाईंले सोझै विन्डोज की, अल्ट की र प्रिन्ट स्क्रिन की सँगै दबाउनुपर्ने हुन्छ । त्यसपछि त्यहाँ स्क्रिनमा स्क्रिनशट सेभ भएको पपअप नोटिफिकेसन देखिन्छ, जसलाई क्लिक गरी भित्र सेभ गर्न सकिन्छ ।

यसबाहेक विभिन्न थर्ड पार्टी एप्लिकेसन प्रयोग गरेर विन्डोजमा स्क्रिनशट लिन  सकिन्छ ।

लाइटशट

यसबाहेक तपाईंले एउटा अर्को टुल लाइटशटका माध्यमबाट स्क्रिनशट लिन सक्नुहुन्छ । त्यसमा विन्डोजमा भएको बिल्ट-ईन स्क्रिनशट फिचरभन्दा केही थप फिचर भएकाले तपाईंले त्यो टुल पनि प्रयोग गर्न सक्नुहुन्छ ।

त्यसका लागि सबैभन्दा पहिले आफ्नो  ब्राउजरमा गएर लाइटशट (Lightshot) सर्च गर्नुहोस् । त्यसपछि सबैभन्दा पहिले देखिएको लिङ्कमा गएर त्यो एप डाउनलोड गर्नुहोस् । अथवा तपाईं सोझै यहाँ ट्याप गरी डाउनलोडको सेक्सनमा पुग्न सक्नुहुन्छ ।

एप इन्स्टल गरिसकेपछि टास्कबारको शो हिडन आइकन अपसनमा क्लिक गर्नुहोस् । 

-त्यसपछि लाइटशटको आइकनमा राइट क्लिक गर्नुहोस् ।

  • त्यसपछि अप्सनमा (Option) मा क्लिक गर्नुहोस् । 

-त्यसपछि हट कीमा जानुहोस् । त्यहाँ जनरल हट की र इन्स्ट्यान्ट सेभ अफ द फुलस्क्रिन भन्ने अप्सन छान्नुहोस् । 

त्यसपछि ओकेमा क्लिक गर्नुहोस् । यति गरिसकेपछि तपाईले कीबोर्डमा भएको पीआरटीएसआरसी (PrtScr) क्लिक गरेर जुनसुकै भागको स्क्रिनशट लिन सक्नुहुन्छ ।

ग्रिनशट

ग्रिनशट एउटा अर्को फ्री टुल हो, जसका माध्यमबाट विन्डोजमा स्क्रिनशट लिन मिल्नुका साथसाथै इडिट गर्न सकिन्छ ।

त्यस्तै कुनै पनि स्क्रिनशटलाई कस्टुमाइज गरी आफ्नो आवश्यकता अनुसार मिलाउन सकिने फिचर पनि यस टुलमा उपलब्ध छ । यसका माध्यमबाट कुनै पनि वेबपेजको पूरा स्क्रिनशट लिन सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३