close

ई-लर्निङ प्लेटफर्म भुरिलोको मोबाइल एप सार्वजनिक

टेकपाना टेकपाना

साउन २, २०७९ १९:२६

ई-लर्निङ प्लेटफर्म भुरिलोको मोबाइल एप सार्वजनिक

काठमाडौं । ई-लर्निङ प्लेटफर्म भुरिलोले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । अनलाइनमार्फत विभिन्न विषयका शैक्षिक सामग्री उपलब्ध गराउँदै भुरिलाेले साेमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी एप सार्वजनिक गरेको हो ।

याेसँगै वेबसाइटमार्फत विद्यार्थीलाई शिक्षकसँग जोड्दै आएको भुरिलोकाे सेवा माेबाइल एपमा पनि उपलब्ध भएकाे छ । भुरिलोका सह-संस्थापक दीपक थापाले विद्यार्थीकाे अध्ययनलाई सहज बनाउन एप सार्वजनिक गरेको बताए ।

‘विद्यार्थी र शिक्षकले वेबसाइटमार्फत सेवा लिइरहेकाे अवस्थामा अब माेबाइल एपबाट पहुँच प्राप्त गर्नसक्ने छन्,’ उनले भने

एसईई दिएर बसेका विद्यार्थीलाई केन्द्रित गर्दै आयोजना गरिएको एक कार्यक्रममा कम्पनीले एप आधिकारिक रुपमा सञ्चालनमा ल्याएकाे जानकारी दिएकाे हाे ।

भुरिलाेकाे ई-लर्निङ प्लेटफर्म प्रयाेग गरी विद्यार्थीले जुनसुकै विषय पनि स्तरीय शिक्षकबाट पढ्न पाउनुका साथै आफूलाई आवश्यक सम्पूर्ण कुराको ज्ञान पाउनसक्ने थापाकाे भनाइ छ ।

‘प्लेटफर्मलाई कुनै पनि शिक्षकले कक्षाकोठाका रूपमा प्रयोग गर्न सक्छन् । त्यस्तै कुनै विषयमा दख्खल भएका शिक्षक भुरिलोमा आबद्ध भएर विद्यार्थीलाई पढाउन सकिन्छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३