काठमाडाैं । ९० भन्दा धरै ब्राण्डका उत्पादनसहित काठमाडौंमा नयाँ शपिङ स्टोर ‘बिग डिजिटल’ सञ्चालनमा आएको छ । नायिका तथा बिग डिजिटलकी ब्राण्ड एम्बास्डर स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोस्थित ग्वार्को कम्प्लेक्समा अवस्थित यस स्टोरको एक समारोह बीच उद्घाटन गरिन् ।
अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डका उत्पादन एउटै थलाेमार्फत सहज र सरल ढंगले उपलब्ध गराउने ध्येयले स्टोर सञ्चालनमा ल्याएकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रमेश ओझाले बताए ।
‘नेपाली ग्राहकहरुको बदलिँदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको शपिङ क्षेत्रमा नँया मापदण्ड सिर्जना गर्ने कुरामा हामी विश्वस्त छौ’, उनले भने ।
ग्वार्कोस्थित बिग डिल शपिङ स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी लगायतका उत्पादन उपलब्ध छन् ।
ग्राहकहरुले खरिद गर्दा लक्की ड्रमार्फत विभिन्न आकर्षक उपहारसँगै शतप्रतिशत नगद फिर्ता पनि प्राप्त गर्नसक्नेछन ।
त्यसैगरी ग्राहकले खरिद गरेको समानको निःशुल्क होम डेलिभरी र एसेम्बलको सुविधा पनि पाउनेछन् ।
तत्कालका लागि काठमाडौं उपत्यकामा चार स्टोर विस्तार गर्ने र दीर्घकालीन रुपमा सातै प्रदेशमा नयाँ स्टोरहरुको स्थापना गर्ने याेजना रहेकाे ओझाले सुनाए ।