काठमाडौं । अब इन्जिनियर बन्न लाइसेन्सको परीक्षा उत्तिर्ण गर्नुपर्ने भएकाे छ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै इन्जिनियर बन्न नयाँ नियम निर्माणकाे प्रक्रिया सुरू भएकाे हाे ।
पारित विधेयकअनुसार इन्जिनियर बन्न स्नातक तहसँगै नेपाल इन्जिनियरिङ परिषद्ले लिने लाइसेन्स परीक्षा पनि उत्तीर्ण गर्नुपर्ने छ ।
लाइसेन्स पाइसकेपछि मात्र इन्जिनियरले आफ्नो पेसा गर्न पाउने व्यवस्था विधेयकमा उल्लेख छ ।
त्यस्तै इन्जिनियरिङ परिषद्ले सातै प्रदेशमा शाखा कार्यलय खोल्न पाउने, अनलाइनमार्फत सेवा प्रदान गर्नसक्ने लगायतका व्यवस्था विधेयकमा रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
प्रतिनिधिसभाले पारित गरेकाे विधेयक संशोधन अब राष्ट्रिय सभाहुँदै राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेको ३० दिनपछि इन्जिनियरिङ लाइसेन्स लिन परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था कानूनी रुपमै लागू हुनेछ ।