close

यसरी रिकभर गर्नुहोस् फेसबुक मेसेन्जरमा डिलिट भएका पुराना मेसेज

टेकपाना टेकपाना

साउन ५, २०७९ १८:११

यसरी रिकभर गर्नुहोस् फेसबुक मेसेन्जरमा डिलिट भएका पुराना मेसेज

काठमाडाैं । फेसबुक सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल  हो । प्रयाेगर्ताकाे सबै जानकारी फेसबुकले सुरक्षितसँग राखेको हुन्छ । आवश्यक परे तपाईंले यी जानकारी डाउनलोड गरेर हेर्न सक्नुहुन्छ ।

वर्षौंदेखि गरेका मेसेज तपाईंले डिलिट गर्नुभएको हुनसक्छ । कहिलेकाहिँ ती डिलिट गरिएका मेसेजमा के के मिडिया फाइलहरू थिए होलान् भन्ने जिज्ञासा जाग्नसक्छ ।

अझ  त्यस्ता फाइललाई रिकभर गर्न पाए हुन्थ्याे भन्ने हुन्छ । फेसबुक आफैँले यो सुविधा उपलब्ध गराउँछ ।

फेसबुक अकाउन्ट सुरु गरेदेखिको सबै जानकारी सुरक्षितसँग स्टोर भएको हुन्छ । च्याट बक्सबाट यस्ता फोटो/भिडिओ डिलिट गरेपनि तपाईंले यसलाई रिकभर गर्न सक्नुहुन्छ ।

यसका लागि पहिले आफ्नो फेसबुक अकाउन्टमा लगइन गर्नुहोस् । आफ्नो अकाउन्टको सेटिङ एन्ड प्राइभेसीमा जानुहोस् ।  

सेटिङ एन्ड प्राइभेसीअन्तर्गत तपाईं ‘योर फेसबुक इन्फर्मेसन’ (Your Facebook Information) मा जानुहोस् ।

त्यहा दायाँपट्टि रहेको ‘डाउनलोड योर इन्फर्मेशन’ मा (Download Your Information) क्लिक गर्नुहोस् । 

त्यसपछि सेलेक्ट अप्सनअन्तर्गत फाइल फर्म्याट, फाइल क्वालिटी र डेट रेञ्ज सेलेक्ट गर्नुहोस् । डेट रेन्जमा कहिलेदेखिको फाइलको इन्फर्मेसन आवश्यक हो, त्यो छान्नुहोस् ।  

त्यसपछि के-के इन्फर्मेसन चाहिने हो, त्यस चेकबक्समा टिक लगाउनुहोस् ।  

त्यसपछि तल रहेको ‘रिक्वेस्ट योर डाउनलोड’ मा क्लिक गर्नुहोस् ।  

यति भइसकेपछि तपाईंको फाइल डाउनलोड प्रक्रियामा अघि बढ्छ ।  

फेसबुकले फाइलको साइज हेरेर केही घण्टादेखि केही दिनसम्म लगाएर तपाईंको फाइल डाउनलोडका लागि तयार गर्छ ।

फाइल तयार भइसकेपछि तपाईंलाई फेसबुक आफैँले नोटिफाई गर्छ भने मेल पनि पठाउँछ । त्यसपछि तपाईंले ‘अभाइलेबल फाइल्स’ (Available Files) मा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ ।

डाउनलोड गर्नुपूर्व तपाईंले सेक्युरिटी कन्सर्नका लागि फेसबुक पासवर्ड राख्नुपर्ने हुन्छ ।

डाउनलोड भइसकेपछि तपाईंले जिप (Zip) फाइललाईं एक्स्ट्र्याक्ट (“Extract”) गरेर  इनबक्स (“Inbox”)मा गई रिकभर भएका मेसेज/ भिडिओ हेर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३