close

कार्ड प्रि-पेमेन्ट प्रवर्द्धनका लागि नेप्ससँग सहकार्य गर्दै दराज

टेकपाना टेकपाना

साउन ५, २०७९ २१:५०

कार्ड प्रि-पेमेन्ट प्रवर्द्धनका लागि नेप्ससँग सहकार्य गर्दै दराज

काठमाडौं । ई-कमर्श प्लेटफर्म दराजले कार्ड प्रि-पेमेन्ट प्रवर्द्धनका लागि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग सम्झौता गरेको छ ।

आफ्नो अर्डरका लागि क्याश अन डेलिभरी अर्थात् डेलिभरी गरेपछि मात्र नगद भुक्तानी गर्न रुचाउने ग्राहकहरूलाई प्रि-पेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन शपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिइरहेका छन् ।

सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीले हस्ताक्षर गरे ।

दराजका अनुसार नेप्समा आबद्ध बैंकहरूमार्फत भुक्तानी गर्दा प्रयोगकर्ताले विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले दराज एपमा आफ्नो अर्डर चेकआउट गर्दा र बैंक अफ द डेज डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक बैंक छुट भौचरहरू प्रयोग गर्न सक्नेछन् ।

संकलित भाउचरहरू चेकआउटको समयमा स्वचालित रूपमा लागू हुने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३