काठमाडौं । रेड्मी बड्स थ्री लाइट नेपाली बजारमा पनि चाँडै नै सार्वजनिक हुने भएको छ । यो वायरलेस इयरफोन विशेषगरी व्यायाम गर्दा प्रयोग गर्न निकै नै सहज हुने कम्पनीको दाबी छ ।
यसको साथै रेड्मी बड्सकाे टच कन्ट्रोलमार्फत आवाज सानो/ठूलो बनाउन, प्ले तथा पज गर्न र गीत परिवर्तन गर्न, आएका फोन कलहरू उठाउन वा काट्न सकिन्छ ।
साथै भोइस असिस्टेन्ट पनि एक्टिभेट गर्न सकिन्छ । ४.२ ग्रामको यो रेड्मी बड्स धुलो र पसिनाबाट प्रभावित नहुने कम्पनीले जनाएकाे छ ।
कम्पनीका अनुसार एक पटक फुल चार्ज गर्दा १८ घन्टासम्म ब्याट्री टिक्छ । नेपाली बजारमा यो बड्स लाइटको मूल्य ३,९९९ रुपैयाँ रहने बताइएको छ ।