टेकपाना
साउन ७, २०७९ १३:२८
काठमाडौं । आउँदो अगस्टमा ओप्पोले ‘ओप्पो वाच थ्री’ सार्वजनिक गर्दैछ, जुन विश्वकै पहिलो ‘स्न्यापड्रागन डब्लु फाइभ जेन वान’ चिप सहितको स्मार्टवाच हुनेछ ।
क्वालकमले हालै एक विज्ञप्ति जारी गर्दै आफ्नो स्न्यापड्रागन डब्लु फाइभ चिपसहित ओप्पो वाच थ्री सार्वजनिक हुने जानकारी दिएको छ ।
५१० एमएएच ब्याट्री भएको यो स्मार्टवाच एक पटकको फूल चार्जमा १६ दिनसम्म प्रयोग गर्न सकिने जानकारी बाहिरिएकाे छ ।
१.९१ इन्चको वर्गाकार डिस्प्ले भएको वाचमा १ जीबी र्याम र ८ जीबी स्टोरेज रहेको छ । साथै ब्लुटुथ ५.० प्रयोग गरिएको छ ।
यो स्मार्टवाच पहिलाे चरणमा चिनियाँ बजारका लागि सार्वजनिक हुने जनाइए पनि विश्वबजारमा कहिले उपलब्ध हुन्छ भन्ने विषय खुलाइएकाे छैन ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३