close

दराजमा सामान किन्दा ६० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

साउन ८, २०७९ १४:५०

दराजमा सामान किन्दा ६० प्रतिशतसम्म छुट

काठमाडौं । ईकमर्श कम्पनी दराजको वार्षिक अभियान ‘दराज महाबचत बजार’ सुरु भएको छ । आजदेखि सुरु भएको यो अभियानमा सामान खरिदमा ६० प्रतिशतसम्म छुट, अनलाइन प्रि-पेमेन्टमा १५ सय रुपैयाँसम्म छुट, सात हजार रुपैयाँसम्मको भाउचर, निःशुल्क डेलिभरी लगायतका अफर छन् ।

कम्पनीका अनुसार दराजका ग्राहकले डेबिट कार्डबाट प्रि-पेमेन्ट (अग्रिम भुक्तानी) गरेमा अधिकतम एक हजार रुपैयाँसम्मको १० प्रतिशत छुट र क्रेडिट कार्डबाट प्रि-पेमेन्ट गरेमा अधिकतम १५ सय रुपैयाँसम्मको १२ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू, नेपाल बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र एनसीसी बैंकका कार्डहरू प्रयोग गरेर गरिएको प्रिमेन्टमा मात्र लागू हुने जनाइएकाे छ ।

यसका साथै ई-सेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले सीमित अवधिका लागि अधिकतम एक हजार रुपैयाँसम्मको १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

दराज महाबचत बजारमा ‘एक रुपैयाँ’ गेम पनि रहेको छ, जसमार्फत ग्राहकले विभिन्न पुरस्कार एक रुपैयाँमा जित्ने मौका पाउने छन् ।

यसअन्तर्गत प्रयोगकर्ताले एक रुपैयाँमा निउ क्लासिक हेल्मेट, हाइग्राउन्ड एडभेन्चर र प्रोआर्टको सामग्री जित्न सक्नेछन् ।

यो गेममा सहभागी हुन ग्राहकले अनलाइन प्रि-पेमेन्टमार्फत एक रुपैयाँको अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ ।

खेल सकिएपछि पुरस्कार नजितेका ग्राहकको खातामा सो रकम फिर्ता आउनेछन । साथै बम्पर उपहारको रुपमा एक जनाले टर्की जाने टिकट जित्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३