close

एसबीआईका ग्राहकले अब ह्वाट्सएपबाटै बैंक ब्यालेन्स हेर्न पाउने

टेकपाना टेकपाना

साउन ८, २०७९ १७:४३

एसबीआईका ग्राहकले अब ह्वाट्सएपबाटै बैंक ब्यालेन्स हेर्न पाउने

काठमाडौं । स्टेट बैंक अफ इन्डिया (एसबीआई) ले ह्वाट्सएप बैंकिङ सेवा सुरू गरेको छ । याे सेवाले प्रयोगकर्ताको दैनिकी सहज बनाउने विश्वास बैंकले लिएको छ ।

“तपाईंको बैंक अब ह्वाट्सएपमा पनि रहेको छ । यसका माध्यमबाट तपाईंले आफ्नो खाताको ब्यालेन्स थाहा पाउनुका साथै मिनि स्टेटमेन्ट समेत हेर्न सकिन्छ,” बैंककाे ट्वीटमा उल्लेख छ ।

एसबीआई ह्वाट्एसएप बैंकिङ सेवा सुरू गर्न प्रयोगकर्ताले हाइ (Hi) लेखेर +९१९०२२६९०२२६ मा मेसेज पठाउनुपर्ने हुन्छ । त्यसपछि बैंकको निर्देशन अनुसार प्रक्रिया अपनाउँदै गएपछि सेवा एक्टिभेट गर्न सकिन्छ ।

यो सेवा नेपालस्थित एसबीआईको सहायक बैंक नेपाल एसबीआई बैंकमा भने उपलब्ध छैन । टेकपानासँगको कुराकानीमा नेपाल एसबीआई बैंक, व्यवस्थापन सूचना प्रणाली विभागका प्रमुख प्रदीपनाथ उप्रेतीले यो सेवा नेपालमा सुरू नभइसकेकाे जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३