काठमाडौं । रूसमा भएको चेस खेलमा रोबोटले एक बालकको औंला भाँचिदिएको छ । गत हप्तामा भएको खेलमा रोबोटका कारण वर्षीय सात वर्षीय बालकको औंला भाचिएको हो ।
मस्काे चेस महासंघका अध्यक्ष सर्गे लाजारेवले घटनाको पुष्टि गरेका छन् ।
सामाजिक सञ्जालमा समेत राेबाेटसँग चेस खेल्दा बालककाे औंला भाचिएको भिडियो भाइरल बनिरहेको छ । भिडिओमा रोबोटले छिटो प्रतिक्रिया दिन खोज्दा बालककाे औंला समाउन पुगेकाे देख्न सकिन्छ ।
बालकले आफ्नो पालोमा चेसको गोटी सार्न खोज्दा रोबोटले उनको औंला समातेको थियो । त्यसलगत्तै केही व्यक्तिले ती बालकलाई रोबोटबाट छुट्ट्याएका थिए ।
अध्यक्ष लारावेज उक्त मसिनले पहिले धेरै खेलेको भएपनि यस्तो घटना पहिलो पटक भएको बताएका थिए । स्रोतका अनुसार ती बालकले अर्को दिन सामान्य तरिकाले खेल खेलका थिए ।