काठमाडौं । हामीलाई बनिबनाउ फोटो धेरै नै आवश्यक परिरहेको हुन्छ । कुनै पनि परियोजनामा काम गर्दा निःशुल्क उपलब्ध हुने उच्च गुणस्तरका फोटोको भूमिका धेरै हुन्छ । यस्तो फोटोका लागि गुगल वा अन्य सर्च इन्जिनमा खोज्दा खोजे अनुरूपको फोटो नभेटिन सक्छ ।
यसरी निःशुल्क उच्च गुणस्तरका फोटो उपलब्ध गराउने वेबसाइट थोरै भएकाले आवश्यक पर्दा पाउन सकस नै पर्छ । आज हामी त्यस्ता उच्च गुणस्तरका फोटो कहाँबाट निःशुल्क पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौं ।
उच्च गुणस्तरका फोटो निःशुल्क प्रयोग गर्नसकिने उपयुक्त साइटमध्येको एक हो, पिक्साबे। यसमा भएका चार लाख बढी फोटोले तपाईंको आवश्यकता पूरा गर्न सक्छ ।
तपाईंले पिक्साबेमा उपलब्ध जुनसुकै फोटो निर्धक्कसँग प्रयोग गर्न सक्नुहुन्छ । व्यक्तिगत र व्यावसायिक प्रयोगका लागि यहाँ उपलब्ध सम्पूर्ण फोटो निःशुल्क प्रयोग गर्न सकिन्छ ।
आफ्नो ब्लग वा भनौँ डिजिटल प्रयोजना लागि उच्च गुणस्तरका फोटो प्रयोग गर्न सकिने साइटमध्येको एक हो, अनप्लाश। तपाईंले यस वेबसाइटमा गइ आफूलाई आवश्यक परेका फोटो खोज्न सक्नुहुन्छ ।
तपाईंले त्यहाँ भएका कन्ट्रिब्युटरलाई सब्स्क्राइब गरेर दैनिक एउटा फोटो पठाउने गर्छ ।
अनप्लाशमा फोटो निःशुल्क उपलब्ध गराउने र कपिराइट फ्री बनाउने सर्तमा अपलोड गरिएका हुन्छन् । भन्नुको अर्थ तपाईंले निःशुल्क व्यक्तिगत वा व्यावसायिक परियोजनका लागि प्रयोग गर्न सक्नुहुन्छ ।
यसमा फोटोग्राफरलाई वा अनप्लाश कसैलाई क्रेडिट दिन पर्दैन । साथै यसमा उपलब्ध हुने फोटोमा वाटरमार्क (फोटोग्राफरको चिन्ह) समावेश हुँदैन ।
स्टकस्नापमा उपलब्ध हरेक फोटो निःशुल्क पाउनुका साथै कपिराइट फ्री हुने गर्छन् । यस प्लेटफर्ममा दैनिक सयौँ फोटो अपलोड हुने गर्छन् ।
यस साइटमा तपाईंले सो फोटो कहिले अपलोड भएको हो र त्यसमा कति भ्युज आएको छ भन्ने हेर्न सकिन्छ । यदि तपाईं फोटोग्राफर हुनुहुन्छ भने तपाईंले यस प्लेटफर्ममा फोटो अपलोड गरेर योगदान दिन सक्नुहुन्छ ।
फ्लिकर निःशुल्क फोटो पाउन सकिनेमध्येको एक उपयुक्त साइट हो । तर, याद गर्नुहोस् यसमा विभिन्न किसिमका आठ किसिमका कपिराइट लाइसेन्स क्याटेगोरी छुट्टाएको हुन्छ ।
फोटो अपलोड गर्ने व्यक्तिले फोटो डाउनलोड नहुने बनाएको हुन सक्छ भने कतिपय अवस्थामा फोटोमा वाटरमार्क राखेको हुन्छ । तर, वाटरमार्कका कुराको जानकारी नभएको खण्डमा यो साइट प्रयोग नगर्न सुझाव गरिन्छ ।
उच्च गुणस्तरका फोटो निःशुल्क प्रयोग गर्न सकिने उपयुक्त साइटमध्येको एक हो, पिक्सेल्स । पिक्सेल्सले हरेक फोटो स्टक कलेक्सनमा दैनिक १० ओटा उच्च गुणस्तरका फोटो अपलोड हुने गर्छ, जसमा दुई हजार ७०० भन्दा बढी कलेक्सन छन् ।
पिक्सेल्समा उपलब्ध हरेक फोटो निःशुल्क व्यक्तिगत वा व्यापारिक परियोजनका लागि प्रयोग गर्न सकिन्छ । तपाईंले खोजेका उच्च गुणस्तरका फोटो यस साइटमा पाउन सकिने भएकाले पिक्सेल्समा उपलब्ध फोटो निर्धक्क प्रयोग गर्न सक्नुहुन्छ ।