close

ब्रोडवे इन्फोसिसको १५ वर्ष पूरा, हरेक आईटी कोर्षमा ३० प्रतिशत छुट

टेकपाना टेकपाना

साउन १२, २०७९ ८:५१

ब्रोडवे इन्फोसिसको १५ वर्ष पूरा, हरेक आईटी कोर्षमा ३० प्रतिशत छुट

काठमाडौं । ब्रोडवे इन्फोसिस आजदेखि १६ वर्षमा प्रवेश गरेको छ । सन् २००८ मा स्थापना भएको यो कम्पनी व्यावसायिक आईटी तालिम प्रदायकका रूपमा परिचित छ ।

शिक्षण संस्था र उद्योगबीचको अन्तरलाई घटाउने उद्देश्यका साथ कम्पनीले आईटीसम्बन्धी विभिन्न व्यावसायिक तालिम सञ्चालन गर्दै आएको छ ।

१५औं वार्षिकोत्सवका अवसरमा कम्पनीले ‘१५ दुना ३० अफर’ घाेषणा गरेकाे छ । यसअन्तर्गत हरेक प्रकारका कोर्षमा ३० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएकाे छ ।

यो अफर साउन १५ सम्म सञ्चालन हुने जनाइएको छ ।

ब्रोडवेमा वेब डिजाइनिङ, ग्राफिक डिजाइनिङ, यूआई/यूएक्स डिजाइन, पाइथन, जाभा, डिजिटल मार्केटिङ, फ्लटर, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विविध आईटीसँग सम्बन्धित कोर्षहरू पढ्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३