काठमाडौं । साओमीले आज नेपाली बजारका लागि रेड्मीको फोन सार्वजनिक गर्ने भएकाे छ । कम्पनीले ‘रेड्मी १०ए’ (Redmi 10A) नामको इन्ट्री लेभफकाे स्मार्टफोन ल्याउन लागेकाे हाे ।
दुई ओटा सिम लाग्ने फोनमा ६.५३ इन्चको एचडी प्लस डिस्प्ले छ । त्यस्तै यसमा १० वाटको फास्ट चार्जिङ सहित ५००० एमएएच ब्याट्री दिइएकाे छ ।
फोनमा मुख्य क्यामेरा १३ मेगापिक्सेलको छ । त्यस्तै २ मेगापिक्सेलको डेप्थ क्यामेरा दिइएको छ । सेल्फी पारखीका लागि फोनमा ५ मेगापिक्सेलको क्यामेरा छ ।
एन्ड्रोइड ११ मा आधारित मियूआई १२.५ मा चल्ने फोनमा मिडियाटेक हेलियो जी२५ चिपसेट छ ।
कम्पनीले कुन र्याम/स्टाेरेज भेरियन्ट कति मूल्यमा उपलब्ध हुने भन्नेबारे मध्यान्ह १२ बजे हुने एक कार्यक्रममार्फत जानकारी दिने भएकाे छ ।