close

सामसङको नयाँ फिचर, मोबाइल मर्मत गर्न दिँदा फोटो लुकाउन मिल्ने

टेकपाना टेकपाना

साउन १४, २०७९ १२:२९

सामसङको नयाँ फिचर, मोबाइल मर्मत गर्न दिँदा फोटो लुकाउन मिल्ने

काठमाडौं । मोबाइल बिग्रिएर बनाउन दिन जाँदा सबैभन्दा धेरै चिन्ता हुने विषय भनेको मोबाइलमा हुने आफ्ना व्यक्तिगत विवरणहरू हो ।

मोबाइल बनाउने ठाउँमा आफ्ना व्यक्तिगत तस्वीरहरू चोरी हुन्छन् कि भन्ने डर पनि हुन्छ । फोन मर्मत गर्ने व्यक्तिलाई हस्तान्तरण गर्दा तस्वीर लिक भएको वा दुरुपयोग भएको जस्ता घटना पनि भएका छन् ।

यही समस्यालाई सम्बोधन गर्नको लागि सामसङले आफ्ना फोनहरूमा नयाँ फिचर थप गर्दैछ । कम्पनीले आफ्नो फोनमा ‘रिपेयर मोड’ नामक नयाँ फिचर समावेश गरेको छ ।

यो फिचर प्रयोग गरेपछि मोबाइल बनाउने व्यक्तिहरूले फोनमा भएका केहीस सिमित कुराहरूमा मात्र पहुँच पाउनेछन् । यो फिचर पहिलो पटक दक्षिण कोरियामा ग्यालेक्सी एस२१ फोनहरूमा आउँदैछ ।

कम्पनीले भविष्यमा अन्य मोडेलहरूमा पनि यो फिचर उपलब्ध गराउने बताएको छ । कम्पनीका अनुसार यो फिचर मोबाइलको सेटिङ भित्र रहेको ‘ब्याट्री एन्ड डिभाइस केयर’ अप्सन भित्र उपलब्ध हुनेछ ।

उक्त अप्सनमा गएर प्रयोगकर्ताले ‘रिपियर मोड’ अन गर्न सक्नेछन् । यसले प्रयोगकर्ता बाहेक अन्यलाई मोबाइलको पहुँचमा सिमितता गर्नेछ ।

हाललाई दक्षिण कोरियामा मात्र सार्वजनिक हुन लागेको यो फिचर अन्य क्षेत्रहरूमा कहिलेसम्म सार्वजनिक हुनेछ भन्ने विषयमा भने कम्पनीले अहिले नै कुनै जानकारी दिइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३