close

एन्ड्रोइड फोनमा गुगल असिस्टेन्टको भ्वाइस कसरी परवर्तन गर्ने ?

टेकपाना टेकपाना

साउन १४, २०७९ ११:३१

एन्ड्रोइड फोनमा गुगल असिस्टेन्टको भ्वाइस कसरी परवर्तन गर्ने ?

काठमाडौं । गुगल असिस्टेन्सको आवाज परिवर्तन गर्नेबारे कहिल्यै सोच्नुभएको छ ? एन्ड्रोइड फोन प्रयोग गरिरहँदा तपाईंले बेलाबखत गुगल असिस्टेन्ट प्रयोग गर्नुभएको छ होला ।

गुगल असिस्टेन्टको एउटै रोबोटिक्स आवाजले तपाईंलाई दिक्क लागेको हुनसक्छ । जसलाई तपाईंले परिवर्तन गर्ने सोच्नुभएको हुनसक्छ ।

गुगल असिस्टेन्सको आवाज परिवर्तन गर्ने तरिका निकै नै सहज छ । त्यसमा पनि ब्रिटिस, यूएस, अस्ट्रेलियन आवाजका विकल्प रहेका छन् ।

गुगलले विभिन्न क्षेत्र अनुसार भ्वाइस पनि छुट्टाछुट्टै रहेको हुन्छ । नेपालको लोकेसनबाट हाल दुईवटा आवाज छान्न सकिन्छ ।

गुगल असिस्टेन्टमा यसरी आवाज परिवर्तन गर्नुहोस्;

-सबैभन्दा पहिले फोनको सेटिङ एप खोल्नुहोस् ।

-त्यसपछि स्क्रल गर्दै तल गएपछि आउने गुगल अप्सनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि स्क्रल गर्दै तल गएर सेटिङ फर गुगल एप्स (Setting for Google apps) मा ट्याप गर्नुहोस् ।

-त्यसपछि सर्च, असिस्टेन्स एण्ड भ्वाइस अप्सनमा ट्याप गर्नुहोस् ।

त्यसपछि गुगल असिस्टेन्टमा ट्याप गर्नुहोस् ।

त्यसपछि ट्याप असिस्टेन्ट भ्वाइस एण्ड साउण्ड अप्सनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि स्क्रल गर्दै तल जानुभयो भने नेपालको सन्दर्भमा रातो र सुन्तला रङ्गको बक्स देख्न सक्नुहुन्छ ।

-रातोमा ट्याप गरेपछि महिलाको आवाज आउँछ भने सुन्तला रङ्गमा ट्याप गर्‍यो भने पुरुषको आवाज आउँछ । अन्य देशको सन्दर्भमा भने अन्य विविध रङ्गले विविध आवाजलाई प्रतिनिधित्व गरेका हुन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३