काठमाडौं । अमेरिकी सरकारले उत्तर कोरियाली ह्याकरको बारेमा जानकारी दिने व्यक्तिलाई एक करोड डलर (करिब एक अर्ब २७ कराेड) इनाम दिने घोषणा गरेको छ ।
उत्तर कोरियाको क्रिप्टोकरेन्सी चोरी, साइबर जासुसी र अन्य अवैध राज्य-समर्थित गतिविधिमा बाधा पुर्याउने ह्याकर वा गिराेहकाे जानकारी दिने व्यक्तिलाई अमेरिकाले इनाम घाेषणा गरेकाे हाे ।
अमेरिकी सरकारले जारी गरेको एक विज्ञप्ति अनुसार उत्तर कोरियाली सरकारसँग सम्बन्धित एन्डारियल, एपीटी३८, ब्लूनोरोफ, गार्डियन्स अफ पिस, किमसुकी, लाजरस लगायतका साइबर समूहहरूबारे जानकारी दिएमा पुरस्कृत गरिनेछ ।
गत मार्चमा पनि अमेरिकी सरकारले राज्य संरक्षित साइबर अपराधमा संलग्न व्यक्तिहरूको जानकारी दिने व्यक्तिलाई पुरस्कार घोषणा गरेको थियो ।
माओइ नामक र्यानसमवेयर प्रयोग गरेर पाँच लाख डलर बराबरको बिट्क्वाइन चोरी गर्ने उत्तर कोरियाली ह्याकरको विषयमा जानकारी प्राप्त भएसँगै अमेरिकी सरकारले पुनः पुरस्कार कार्यक्रम घाेषणा गरेकाे हाे ।