close

कस्तो होला टिकटकमा खेल्न मिल्ने मिनी गेम ?

टेकपाना टेकपाना

साउन १४, २०७९ १३:४४

कस्तो होला टिकटकमा खेल्न मिल्ने मिनी गेम ?

काठमाडौं । छोटो भिडिओहरू अपलोड गर्ने प्लेटफर्मको रुपमा चर्चित टिकटक अहिले मिनी गेम अर्थात् टिकटक एपभित्रै गेम खेल्न मिल्ने फिचरमा काम गरिरहेको छ ।

कम्पनीले हालै मात्र अमेरिका लगायत अन्य केही देशका प्रयोगकर्ताका लागि लिंक एड गर्ने बटन थप गरेको छ, जसमा क्लिक गरेर प्रयोगकर्ताले मिनी गेमहरू खेल्न सक्नेछन् ।

यसमा हाल नौ ओटा मिनी गेम राखिएको छ । कुनै प्रयोगकर्ताले बनाएको भिडिओमा जब अन्य प्रयोगकर्ताले मिनी गेमको लिंक भेट्छन्, सो लिंकमा क्लिक गरेर उक्त प्रयोगकर्ताले पनि आफूले गेम खेलेर भिडिओ बनाउन सक्नेछन् ।

कम्पनीले गेम डेभलपरहरूसँग सहकार्य गरेर अन्य गेमकाे परीक्षणमा काम गरिरहेको पनि जनाएको छ ।

यसरी उपलब्ध मिनी गेमहरूमा कुनै पनि विज्ञापन आउने छैन । साथै ईन-एप पर्चेज पनि केही हुनेछैन ।

कम्पनीले आफ्ना प्रयोगकर्ताले गेम र भिडिओलाई कसरी सिर्जनात्मक बनाउन सक्नेछन् भन्ने विषयमा परीक्षण गरिरहेको जनाएको छ ।

प्रयोगकर्ताहरूले आफ्नो गेमप्ले रेकर्ड गर्न र लाइभ भिडिओमा शेयर गर्न पनि सक्नेछन् । टिकटक आफ्नो प्लेटफर्ममा गेमिङका लागि ठूलो योजना बनाएर अगाडि बढिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३