काठमाडौं । सानिमा बैंकले आफना ग्राहकहरुलाई नो डेटा नो प्रब्लम योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डेटा उपलब्ध गराउने भएको छ ।
बैंकका अनुसार नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डेटा पाउँछन् ।
मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डेटा प्रयोग गर्न पाउनेछन् ।
यो योजना आज सोमबारदेखि लागू हुनेछ ।
डिजिटल बैंकिङको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको बैंकले जनाएको छ ।